रमेशनाथ पाण्डेले मोदीको नेपाल भ्रमणलाई किन तिर्थयात्रा भने ?



पूर्व परराष्टमन्त्री रमेशनाथ पाण्डेले भारतीय प्रधानमनत्रीको तीर्थ यात्रालाई  नेपाल सरकारले नेपाल भ्रमण भन्नु अनावश्यक भएको टिप्पणी गरेका छन् ।
परराष्टविद समेत रहेका पाण्डेले मोदीको यो भ्रमणले नेपालसितको सम्बन्धलाई निरनतरता दिएको र रामायणको सम्बन्धलाई जीवन्तता दिएको भनेका छन् ।
पाण्डेले ओलीले यसअघि भारत गएर मोदीसित एक्लै गरेको कुरा जनतालाई जानकारी नदिनु गलत भएको जानकारी दिएका छन् ।

उनले भनेका छन् दुई प्रधानमन्त्रीबीच काठमाडौँमा भएको कुराकानी सबै महत्वपूर्ण भए होलान् तर वार्तापछि पत्रकार सामुन्ने बोल्न आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्सटेम्पर’ बोले र त्यहाँ भित्र बोल्दाको अभिव्यक्ति प्रतिबिम्वित भयो ।

तर, हाम्रा प्रधानमन्त्रीले वार्ता सुरु हुनुभन्दा धेरै अगाडि नै अंग्रेजी भाषामा लेखिएको वक्तव्य पढेर सुनाए जसमा वार्ता कालमा भएका कुराको प्रतिबिम्वन थिएन ।

भारतले नेपालका उत्तरी अथवा दक्षिणी दुवै भेगका जनतासँग सम्बन्ध स्थापित गर्ने अवसर पायो तर संघीयतामा गएपछि केन्द्रको र प्रदेशको व्यवहार कसरी तारतम्य मिलाउने भने बारेमा नेपाल चुक्यो ।

आजको नयाँ पत्रिकामा छापिएको समाचारको सार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्