आज नेपाल बन्द, ठाउँ ठाउँमा बम विस्फोट,आगजनी र तोडफोड



३० बैशाख
काठमाडौ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यास लगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले नेपाल बन्द देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेका छन् । झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ ।

बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् ।

बन्दकर्ताहरुले बाटो अबरोध गरेपछि झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् ।

त्यसैगरी देशभर विहानैबाट सवारी साधान चलेका छैनन् । बन्दकर्ता राजमार्ग र छोटो दुरीका सडकमा निस्केर अवरोध गरिरहेका छन् ।

शनिबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति निकालेर बन्दको आह्वान गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्