प्रहरीले नसकेपछि बम डिस्पोज गर्न नेपाली सेना



नेपाल बन्दको क्रममा आज तनहुँ जिल्लाको दमौली र चापाघाट जोड्ने मादी नदिको पुलमा शंकास्पद बस्तु फेला परेको छ ।

पुलकोबीच भागमा झोला भित्र प्रेसर कुकर राखिएको भेटिएको छ ।

शंकास्पद झोला भित्र कुकर देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएर निरीक्षण गरेपछी नेपाली सेनालाई खबर गरेको थियो । बिहान मर्निङ वाक गर्न आउने सर्बसाधारणले झोला भित्र कुकर देखेका थिए ।

चापाघाटमा रहेको नेपाली सेनाले निरीक्षण गरेर गएपनि हालसम्म डिस्पोजल टोलि आउन सकेको छैन ।

झोला भित्र रहेको कुकर सेनाको टोलिले निरीक्षण गरेपनी अहिले सम्म डिस्पोजल टोलि आएको छैन ।

मादी नदिको पुलमाथी अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

पुललाई सेना र प्रहरीले सुरक्षा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कारण उनीहरुले नै शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मादिको पुल वारी र पारिका स्थानीय बासिन्दा भने अहिले त्रसित छन् ।

दमौलीमा डिस्पोजल गर्ने टोलि नहुँदा आबुखैरेनीबाट मगाउनुपर्ने भएकाले केहि समय ढिला भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्