नेपाल बन्दको अघिल्लो दिन सुदूरपश्चिमका ३ वटा चर्चमा शक्तिशाली बम बिस्फोट गराइएको छ ।
कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाज सहित शक्तिशाली बिस्फोट भएको समाचारमा जनाइएको छ ।
त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ ।
जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् ।
क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।