भिरबाट लडेर शिक्षकको मृत्यु



सैघाली खबर,
डोल्पा  ३० वैशाख, । यहाँको एक विद्यालयको शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत विद्यालयमा प्रावि तहका शिक्षक हुन् ।

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयबाट फर्केर घरतर्फ जाँदै गर्दा घोडेडाँडा भिरबाट लडेर मृत्यु भएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्