प्रदेश ३

जनसरकार प्रमुख र दलित मोर्चाका उपाध्यक्ष सहित दर्जन गिरफ्तार

By थाहा अनलाइन

May 13, 2018

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा ललितपुरका उपाध्यक्ष राजकुमार परियार र नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनसरकार प्रमुख धु्रव अधिकारी लगाएत एक दर्जनलाई गिरफ्तार गरेको छ ।

गिरफ्तारीको सो संगठनका उपत्यका संयोजक हरि नेपालीले तत्काल रिहाइको माग गरेका छन् ।

ओली सरकारले भारतीय प्रधान मन्त्री मोदीसित अरुण तेश्रो जलविद्युत आयोजना लगाएतका राष्टघाती सन्धी गरेको विरोधमा आज नेकपाले गरेको नेपाल बन्दकोक्रममा उनीहरुलाई ललितपुिरबाट पक्राउ गरिएको हो ।