प्यूठान बस दुर्घटना- मृतक पाँचैजनाको सनाखत



सैघाली खबर,
प्यूठान ३० बैशाख। — भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक भएको बस दुर्घटनाका मृतक पाँचजनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्मा, गौमुखी गाउँपालिका–३ रजबाराका २२ वर्षिय हरी मल्ल र कञ्चरपुर कृष्णपुर गाउँपालिका–२ की सरीता चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
सबै शव जिल्ला अस्पातला बिजुवारमा ल्याइएकोजिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ५ जनाकोमृत्यु भएको थियो। २५ जना घाइते भएका छन्।
बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भिर घाइते पाँच जनालाई बुटवल र २ जनालाई नेपालगञ्ज उपचारको लागि पठाइएको छ।
१८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी पोख्रेलले बताए। स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्