बन्दको पूर्वसन्ध्यामा एनसेलपनि नेकपाको निसानामा



३० बैशाख
नेपालगंज

राज्यलाई कर छलेको आरोपमा एनसेलमाथी गरिंदै आएको प्रहार फेरि सुरु भएको छ । यसैबीच बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरिएको छ । यो घटनाको जिम्माभने कसैले लिइसकेको छैन ।

खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राति बम विस्फोट गर्नुको साथै आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षति पुगेको छ ।

रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

अज्ञात समुहले आगजनी गरेपनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ ।

कर छलि गरेको भन्दै विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । टवारमा क्षतिका कारण केही समय सो क्षेत्रमा सेवा अवरुद्ध भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्