ठूलो धमाका सहित विस्फोट भयो विप्लवको बम



दमौली, ३० वैशाख

तनहुँको मादी नदीको पुलमा आइतबार राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो ।

नेपाल बन्दको दिन आज बिहान ५ बजे पुलमा फेला परेको बम खैरेनीटारबाट गएको सेनाको टोलीले बम निष्क्रिय निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिलागरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको बताए ।

प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उनले जानकारी दिए ।

पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर पैदल आवतजावत गरेका थिए ।

नेपाली सेनाले बैरेनी जाने बाटामा लगेर उक्त बम निष्क्रिय पारेको हो ।

प्रहरीले कडा सुरक्षाबीच एकतर्फी यातायातलाई निरन्तरता दिएको थियो ।

नेकपाका कार्यकर्ताले शनिबार राति नै सो ठाउँमा बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्