यसकारण मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण भयोः प्रधानमन्त्री ओली



प्रधानमनत्री केपी शर्माओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण नेपालकोलागि उपलब्धीपूर्ण भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि नभएको भन्दै ढुक्क रहन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकार दुबै छिमेकीसँग सुमधुर र सुदृढ, पारम्परिक विश्वास र भरपर्दो सम्वन्धको पक्षमा रहेको भन्दै आफू छिट्टै चीन भ्रमणमा जाने बताए ।

भारतसति गलत सम्झौता गरेर राष्टघात गरेको चर्चा चलिरहेकोबेला ओलीले राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि नभएको भन्दै ढुक्क रहन आग्रह गरे । उनले भने, अध्ययन गर्नु भएहुन्छ, वक्तव्यहरु सार्वजनिक छन् ।

कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’ राष्ट्रहितललाई शिरोधार्य गरिएको छ, मनमा राखिएको छ, कहिल्यै पनि छोडिएको छैन ।’ ‘उनेले सिमानामा बाँध बाधेर डुवाउँछु भन्नु भएन, बाँध बाँधिएर डुवान भएकोमा खोल्छु भन्नु भएको छ ।

दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा शी जिनपिङ र मोदीबीच भइरहेको वार्ताको प्रशंग एललेख गर्दै उनले भने, ‘सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, विभिन्न कारणले कहिले काँही तलमाथि पर्छ ।

चिसोपनमा खुसी हुने होइन, हटाउने कोसिस गर्नुपर्छ ।’ ओलीले राष्टियताकालागि सजगता अपनाएकोमा जनतार्ला धन्यवाद समेत दिए । उनले भारतसित नेपालको सम्बन्ध बराबरीमा लैजाने वातावरण बनेको समेत दावी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्