FILE- In this Oct. 11, 2015 file photo, Nepal's Khadga Prasad Oli addresses the parliament before being appointed as the new Prime Minister in Kathmandu, Nepal. Oli has resigned before facing a confidence vote in parliament that he expected to lose. (AP Photo/Niranjan Shrestha, File)

समाचार

मोदीको भ्रमणमा नेपाल र भारतबीच यस्ता भए सहमति

By थाहा अनलाइन

May 13, 2018

सैघाली खबर, बैशाख ३०, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संझौता भएको छ। दुई सार्वभौम सम्पन्न राष्ट्रको एकअर्काको आन्तरिक मामिला र वैदेशिक सम्बन्धको मामिलामा हस्तक्षेप नगर्ने संझौता भएको हो। आइतबार मोदीको भ्रमणबारे संघीय संसदको प्रतिनिधिसभामा जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको भौगोलिक अखण्डतालाई सम्मान गर्ने सहमति भएको जानकारी दिए।

उनले भने, ‘एकअर्काको भौगोलिक अखण्डताको सम्मान गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, राष्ट्रियहितमा हस्तक्षेप नगर्ने लगायत कुरा हामीले कुराकानीका क्रममा राखेका छौँ। मोदीजी र मेरो संयुक्त १६ बुँदे वक्तव्यमा पनि उल्लेख छ।’ प्रधानमन्त्री ओलीले विगतमा गरिएका कतिपय सहमति र संझौतालाई कार्यन्वयन गर्नेतर्फ पनि जोड दिएको बताए। उनले भने, ‘विगतमा भएका केही सहमति र संझौताहरू कार्यान्वयनमा ढिलाई भएको छ। ती संझौता उपयुक्त समयमा सकिनुपर्छ भन्नेमा हामीले जोड दियौँ।

’ यस्तै, दुई देशका कृषिमन्त्री तहमा बैठक बसेर सहकार्य र सहयोग अघि बढाइने बताए। उनले भने, ‘नेपाल र भारतको कृषिमन्त्रीको तहमा अब छिट्टै छलफल हुन्छ। अनि नेपाल र भारतको आवस्यकता अनुसार कृषिमा नयाँ संझौता हुन्छ। त्यसका निम्ति हाम्रो आवस्यकता तय हुनुप¥यो। यसका निम्ति मन्त्री स्तरको बैठकबाट तुरुन्त निर्णय हुने सहमति हामीले गरेका छौँ।’ काठमाडौं–रक्सौल रेलमार्ग निर्माणका लागि प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर सर्भे गर्ने मोदीको भ्रमणका क्रममा सहमति भएको ओलीको भनाइ छ।

त्यसका लागि छिट्टै नै समझदारी हस्ताक्षर गर्ने गरी सहमति भएको समेत ओलीले जानकारी दिए। त्यसका निम्ति भारतको तर्फबाट एउटा डिभिजनलाई जिम्मा दिएको र नेपालको तर्फबाट कार्यदल निर्माण गरेर पठाउने संसदलाई जानकारी दिए। ती कार्यदलले छिट्टै काम थाल्ने ओलीले बताए।

उक्त कामका लागि प्रविधिकको टोली बनाएर तुरुन्त सर्भेक्षण गर्ने सहमति मोदीको भ्रमणका क्रममा भएको छ। नेपाल(भारत संयुक्त आयोगको तत्काल विदेशमन्त्री स्तरीय बैठक बोलाउनेरने र सम्बन्धका बारेमा पुनारवलोकन गर्ने विषयमा पनि मोदी र ओलीबीच छलफल भएको थियो। नेपालको आर्थिक विकासमा ध्यान दिने सहमति भएको ओलीले जानकारी दिए।