आतंककारी हमलामा ९ को मृत्यु ।।



सैघाली खबर/काठमाण्डौँ, ३० बैशाख।
इन्डोनेसियामा आतंककारी हमला हुँदा ९ जनाको ज्यान गएको छ । ईन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको हो । आइतबार ती छुट्टाछुट्टै हमलामा प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

आतंककारीहरुले गरेको बम विस्फोटमा अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । हमलामा ४० जना भन्दा धेरै घाइते भएका बताइएको छ । बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्