चितवनको भाटभटेनीमा विप्लव समूहद्वारा बम विस्फोट



सैघाली खबर,काठमाण्डौँ, ३० बैशाख। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान बम विस्फोट गराएका छन्।

आइतबार बिहान करिब साढे तीन बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रिनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए।उनले बम विस्फोट गराउनेको पहिचान भईसकेको भन्दै खोजी तिव्र पारिएको जानकारी दिए। एसपी थापका अनुसार सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको हो। उनीहरू विप्लवका कार्यकर्ता भएको दाबी गर्दै प्रहरीले खोजी गरिरहेको थापाले जानकारी दिए।

ग्रीनेड बमले भाटभटेनीको पूर्वपट्टि क्षति पुगेको छ।

विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र केपी ओली सरकारको लम्पसारवादविरूद्ध आज नेपाल बन्द आह्वान गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्