भेटियो फलाम खानी, तर वास्ता कसैलाई भएन ।।



सैघाली खबर/बझाङ, ३० बैशाख।
बझाङमा फलामखानी फेला परेको छ । तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको हो । सडक निर्माणको क्रममा डोजरले खन्दा ठूलो परिमाणमा फलामका टुक्राहरु यत्रतत्र छरिएका छन् ।

सडक खन्ने क्रममा निस्किएका फलामे ढुङ्गाहरु ठूलो मात्रामा सेती नदीमा समेत खसेको स्थानीयहरुले बताएका छन् । चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउँदेखि धमेना गाविसको कुवँर गाउँसम्मको करिव ३ किलोमिटर क्षेत्रमा ठाँउ–ठाँउमा फलाम जस्तै ढुङ्गाहरु भेटिएका हुन् ।

जताततै फलामै फलाम भेटिए पनि यसका बारेमा कसैले वास्ता नगरेका कारण सडक निर्माणको क्रममा फलामका टुक्रा ठूलो मात्रामा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्