????????????????????????????????????

प्रदेश ७

भेटियो फलाम खानी, तर वास्ता कसैलाई भएन ।।

By थाहा अनलाइन

May 13, 2018

सैघाली खबर/बझाङ, ३० बैशाख। बझाङमा फलामखानी फेला परेको छ । तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको हो । सडक निर्माणको क्रममा डोजरले खन्दा ठूलो परिमाणमा फलामका टुक्राहरु यत्रतत्र छरिएका छन् ।

सडक खन्ने क्रममा निस्किएका फलामे ढुङ्गाहरु ठूलो मात्रामा सेती नदीमा समेत खसेको स्थानीयहरुले बताएका छन् । चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउँदेखि धमेना गाविसको कुवँर गाउँसम्मको करिव ३ किलोमिटर क्षेत्रमा ठाँउ–ठाँउमा फलाम जस्तै ढुङ्गाहरु भेटिएका हुन् ।

जताततै फलामै फलाम भेटिए पनि यसका बारेमा कसैले वास्ता नगरेका कारण सडक निर्माणको क्रममा फलामका टुक्रा ठूलो मात्रामा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताएका छन् ।।