संसद बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित



सैघाली खबर,काठमाण्डौँ, ३० बैशाख। । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक भोली सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
बजेटको सिद्धान्त र नीतिमाथिको छलफलमा बोल्ने सांसदहरुको संख्या बाँकी रहेको जानकारी गराउँदै सभामुख महराले सोमबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले हालै भएको भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण र भ्रमणका क्रममा भएको छलफल एवं सम्झौताका विषयमा सदनलाई जानकारी गराएका थिए ।

यसैगरी, विभिन्न दलका सांसदहरुले आ–आफ्ना धारणा राखेका थिए । विष्णु पौडेल, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा, प्रदिप गिरी, सुरेन्द्र कार्की, दिलेन्द्रप्रसाद बडु, भानुभक्त ढकाल लगायतका सांसदहरुले बजेटका सिद्धान्त र कार्यक्रमबारे धारणा राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्