भारतका सांसद भन्छन् जनकपुरलाई भारतमा मिलाउनुपर्छ, अब नेपालका सांसदको प्रतिक्रिया के हुन्छ ??



सैघाली खबर/काठमाण्डौँ, ३० बैशाख ।
कीर्ति आजादको भनाईप्रति सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ । जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने भारतीय सांसद कीर्ति आजादको भनाईको एमालेले निन्दा गरेको हो ।

एमालेको बैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले विज्ञप्ति निकालेर भाजपाका सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गरेका हुन् ।

 

यो भनाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथिको प्रहार रहेको विज्ञप्तिमा उल्लेख छ । सांसद आजादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नेपाल भ्रमण सुरु हुनु अघिल्लो दिन ट्विटरमा जनकपुरलाई भारतमै फर्काउनुपर्ने विचार व्यक्त गरेका थिए ।

एमालेका विदेश मामिला विभागले निकालेको विज्ञप्तिमा नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला आजादको ट्वीट निन्दनीय रहेको पनि उल्लेख गरिएको छ ।

भारतीय सत्तारुढ दलकै सांसदबाट नेपालको विरुद्धमा आएको अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित रहेको भन्दै विज्ञप्तिमा नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुन गरी उत्तेजनापूर्ण अभिव्यक्ति आए पनि नेपाल भ्रमणका क्रममा मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले आजादको भनाई स्वतः खण्डित भएको पनि उल्लेख गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्