ओलीले तराईको डुबान समस्या हटाउन माग गर्दा मोदीले के भने ?



प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनि मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको भन्दै भारतीय प्रधानमन्त्री मोदीसित यो समस्या हटाउन माग गरेका छन् ।

जवाफमा मोदीले स्थलगत अध्ययन गर्ने र मिलेर समस्याको समाधन गर्ने प्रतिवद्धता जनाएको आजको नागरिक न्यूजमा छापिएको छ ।
डुबान समस्या समाधान गर्न मोदीको ध्यानाकर्षण गराएपछि नेपाल–भारत संयुक्त विज्ञप्तिको आठौंं बुदाँमा यो विषय सम्बोधन गर्ने प्रतिबद्धता गरिएको समाचारमा जनाइएको छ ।

मोदी भ्रमणको अन्तिम दिन शनिबार दुवै देशले १३ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए। प्रदेश नम्बर २ बाट संघीय संसद्मा प्रतिनिधित्व गरेका सांसदसँग बजेटसम्बन्धी छलफलमा प्रधानमन्त्री ओली र मोदीबीच भएको वार्ताबारे जानकारी दिँदै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

ओली र मोदीबीचको वार्तामा अर्थमन्त्री खतिवडा सहित केही वरिष्ठ मन्त्री उपस्थित थिए । नेपाल–भारत सिमानामा भइरहेको भारतीय सुरक्षाकर्मीको ज्यादती लगायत अन्य विषयमा पनि दुवै प्रधानमन्त्रीबीच खुलेर कुराकानी भएको बुझिएको छ । दुईदिने नेपाल भ्रमण गरी शमोदी सनिबार स्वदेश फर्किसकेका छन् ।

छलफलका क्रममा ओलीले मोदीजीसित भन्नु भयो अब उधारो सम्झौता नगरौं, सम्झौता गरिसकेपछि कार्यान्वयनतर्फ फटाफट लागौं, यसअघि भएका सम्झौतालाई पनि कार्यान्वयन गर्दै जानुपर्छ, यसले विश्वास बढाउँछ ।’

ओलीले यस्तो प्रस्ताव राखेपछि यसअघि भएका सहमति, सम्झौता र सन्धि अध्ययन गरी असोजभित्रै कार्यान्वयन तहमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री ओली स्वयंले दुवै देशबीच देखिएका समस्यका र असमझदारी संविधान दिवसअघि नै टुंग्याउने सहमति भइसकेको खुलासा गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्