भालुबाङ–प्यूठान सडक अवरुद्ध



प्यूठान ३१ बैशाख — आइतबार राति परेको पानीका कारण आएको पहिरोले भालुबाङ–प्यूठान सडक अवरुद्ध भएको छ । सरुमारानी गाउँपालिका–४, बड्डाँडादेखि माण्डवी गाउँपालिका देविस्थानसम्म धेरै स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले बताए ।

सडक डिभीजन कार्यालयको एक्साभेटर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको पोख्रेलले जानकारी दिए । सडक अवरुद्ध हुँदा प्यूठान र रोल्पा चल्ने सवारी साधन रातिदेखि नै गन्तव्यमा पुग्न सकेका छैनन् । प्रहरीका अनुसार सडक खण्डको खहरे, मान्द्रे लगायत स्थानको पहिरो हटाइसकेकाले दिउँसोसम्म सडक सूचारु हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्