एउटै जिल्लाका ६ ओटा अघुजलबिद्युत आयोजना बन्द भएपछि………..



सैघाली खबर/बैतडी, ३१ बैशाख।
बैतडीमा ६ ओटा लघुजलविद्युत आयोजना पूर्ण रुपमा बन्द भएका छन् । जिल्लाको सिगास गाउँपालिकामा सञ्चालनमा रहेका ७ ओटा लघुजलविद्युत आयोजना मध्ये ६ ओटा पूर्ण रुपमा बन्द भएका हुन् । लघुजलविद्युत आयोजना बन्द हुदाँ स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन् । सबै जलविद्युत आयोजना मर्मत हुन नसक्दा बन्द भएका हुन् ।

२०५८ मा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेको १० किलोवाट क्षमताको सिराडीखोला लघुजल विद्युत आयोजना, ८ किलोवाट क्षमताको बल्लेखोला लघुजल विद्युत आयोजना , २०६० मा निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाँड लघुजलविद्युत आयोजना र २०६५ मा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमता भएको न्वाघरीगाड लघुजल विद्युत आयोजना अहिले बन्द रहेका छन् ।

सिगास गाउँपालिकाको शिवलिंगमा रहेका ४ ओटा लघुजलविद्युत आयोजनाबाट ५२ किलोवाट विद्युत उत्पादन भइरहेको थियो । यहाँको लघुविद्युत आयोजनाबाट ५ सय १२ घरधुरीले बिजुली बालिरहेका थिए । अहिले आयोजना बन्द भएपछि स्थानीयबासी अन्धकारमा बस्दै आएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्