‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरूपमा परिभाषित गर्छु : महाथिर ।। (भिडियो)



सैघाली खबर/मलेसिया, ३१ बैशाख।
मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता जनाएका छन् । अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ बारे समिक्षा गर्ने मोहमदले प्रतिवद्धता जनाएका हुन् ।

अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ’ हुने कानूनलाई पास गरेको थियो भने विपक्षीको विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै यसको मानव अधिकारवादी समूहबाट व्यापक आलोचना हुँदै आएको छ ।

मलेसियामा विगत ६१ वर्ष सत्ता चलाएकको पूर्व प्रधानमन्त्री नाजिव रजाकको ‘बारिसन नेशनल कोलिसन’ ले विपक्षीको आवाज नियन्त्रण गर्ने उद्देश्यबाट उक्त कानून आएको भन्दै मुलुकभर विरोधका स्वर गुन्जिएका थिए । मलेसियाको प्रधानमन्त्रीका रूपमा २२ वर्ष शासन गरी मलेसियाको विकासमा उल्लेख्य योगदान र्पुयाई सन् २००३ मा नेतृत्व छोडेपनि ९३ वर्षको उमेरमा हालै पुन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री महाथिरले ‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरूपमा परिभाषित गरिने बताएका हुन् ।। रासस

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्