वकिल समक्ष पुग्यो दरबारमार्ग बलात्कारको प्रतिबेदन ।।



सैघाली खबर/काठमाण्डौँ, ३१ बैशाख।
दरबारमार्ग सामूहिक बलात्कार प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदनपेश गरिएको छ । काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिल कार्यालय समक्ष उक्त अनुसन्धान प्रतिबेदन पेश गरेको हो । परिसरका डिएसपी मोहन थापाका अनुसार सोमबार दिउँसो प्रतिवेदन बुझाइएको हो ।

प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी भनिएका शैलेश कार्की यसअघि नै पक्राउ परिसकेका छन् भने अन्य ३ जना फरार छन् । घटनामा संलग्न विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा बुझाइएको छ । उनीहरुको खोजीका लागि इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गर्ने तयारी गरिएको छ । चारै जनाविरुद्ध संगठित अपराधविरुद्धको मुद्दा चलाइएको छ ।।

यस्तो थियो घटना……………

दाङ घर भएकी पीडित युवतीको शैलेश कार्कीसँग फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानी अघि बढ्दै जाँदा उनीहरुको चिनजान प्रेममा परिणत भयो । युवतीको बयान अनुसार सोही अनुरुप कार्कीले युवतीलाई दरबारमार्गको ल्याण्डमार्क होटलमा बोलाए ।

तर, होटलमा कार्की एक्लै थिएनन्, उनले अरु तीनवटा कोठा बुक गरेर आफ्ना तीन जना साथी राखेका थिए । युवकहरु मदिरामा मस्त भएका बेला राति आफूमाथि सामूहिक बलात्कार भएको युवतीको दाबी छ ।

घटनालाई मिलाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालिन प्रहरी अधिकारी नै अग्रसर भएपछि यो बलात्कार प्रकरण चर्चामा आएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्