दोहोरो नागरिकता लिने पाँच सांसद निष्काशित ।।



सैघाली खबर/काठमाण्डौँ, ३१ बैशाख।
पाँच अस्ट्रेलियाली सांसदहरूलाई निर्वा्चित भएका बखतमा दोहोरो नागरिकता लिएको पाइएपछि निष्काशित गरिएको छ । अघिल्लो वर्ष १० सांसद र सिनेटरहरूलाई संवैधानिक नियम उल्लंघन गरेकोमा अपदस्थ गरिएको थियो । नियमअनुसार, दोहोरो नागरिकता भएका व्यक्ति राजनीतिक उम्मेदवार बन्न पाउँदैनन् ।

बुधवार सिनेटर केटी गालाघरलाई एक अदालतले अयोग्य घोषित गरेको थियो । उक्त फैसला आएपछि निगरानीमा रहेका चार अन्य राजनीतिकर्मीले राजीनामा दिएका थिए । गालाघर र प्रतिनिधिसभाका सांसद जस्टिन की, जोश विल्सन र सुसन ल्याम्ब विपक्षी लेबर पार्टीका सदस्य हुन् ।

पाँचौं सांसद रेबेका शार्की सानो दल सेन्टर अलायन्सकी सदस्य हुन् । दोहोरो नागरिकता प्रकरणले गत जुलाईदेखि अस्ट्रेलियाली राजनीतिलाई अस्थिर बनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्