पश्चिममा दाङ तोरी जोन



सैघाली खबर
दाङ , ३१ वैशाख । खाद्य सुरक्षामा आत्मनिर्भर गराउने उद्देश्यले सरकारले थालनी गरेको कृषि सुपर जोन कार्यक्रम अन्र्तगत दाङको पश्चिम क्षेत्रलाई तोरी जोनका रुपमा विकास गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ देखी लागु हुने गरी पश्चिम दाङको शान्तीनगर , बबई र दगिशरण गाउँपालिकामा तोरी जोन कार्यक्रम शुरु गरिने निर्धारण गरिएको छ । प्रविधि, पूर्वाधार र लगानीका अभावका कारण फष्टाउन नसकेको पश्चिम दाङको तोरी खेती जोन कार्यक्रम पश्चिम दाङलाई तोरी पटेक क्षेत्रका रुपमा विकास गरिने तय गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाण्डौ तथा जिल्ला कृषि विकास कार्यालय दाङले सोमवार घोराहीमा आयोजना गरेका तोरी जोन निर्धारण सम्वन्धी सरोकारवालाहरुको अन्र्तक्रिया तोरी उत्पादनका लागि पश्चिम दाङ अति उपयुक्त र सम्भावित क्षेत्र रहेकाले सहभागीहरुको बताएका थिए । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
जोन तथा सुपर जोनले उत्पादकको वृद्धि गरे पनि भू– व्यवस्थापन र उत्पाददित कृषि उपजका वस्तुले मुल्य र बजार पाउन नसक्लदा किसानहरु मारमा पर्ने गरेको किसानहरुको गुनासो थियो । जोन कार्यक्रम संगै भण्डारण तथा सरकारले एकिकृत मुल्य निर्धारण गरिनुपर्ने किसानहरुके भनाई थियो । किसान जग वहादुर खत्रीले उत्पादीत वस्तुले मुल्य र बजार पाउन नसक्दा न्युन मुल्यमै विक्रि गर्नुपर्ने वाध्यता रहेको बताउनुभयो । उपयुक्त शितभण्डारण देखी मुल्य र बजारको अभावमा दुख गर्ने किसान भन्दा व्यापारीले वढि नाफा लिने गरेको उहाँको भनाई छ ।
पश्चिम दाङ तोरी उत्पादनको प्रचुर सम्भावना बोकेकै क्षेत्र रहेकाले जोन तथा सुपर जोन कार्यक्रम थालनी गरे पनि भण्डारण व्यवस्थापन हुन नसक्दा किसानले त्यसको फाईदा लिन नसक्ने बबई , शान्तीनगर र दगिशरण गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलल, कमानसिंह डाँगी र भागिराम चोधरीले सामुहिक धारणा राख्नुभयो जोन कार्यक्रम मार्फत उत्पादित वस्तुलाई भण्डारण गरी राख्न ठाउँ नहुदा थोरै मुल्यमा व्यापारीहरुलाई किसानले विक्रिगर्नुपर्ने वाध्यता देखिएको बताउनुभयो ।

जोन कार्यक्रमले प्रशोधित उपकरण , मुल्य र बजारीकरणको व्यवस्थापनका लागि उपयुक्त कार्य योजना निर्माण गर्नुपर्ने बताउनुभएका थियो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुगमन योजना अधिकृत , जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दिपक कुमार शर्मा लगायतकाले भनाई जोन तथा सुपरजोनका बारेमा जानकारी दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्