प्रदेश ५

बन्दका कारण जनजिवन प्रभावित

By थाहा अनलाइन

June 27, 2017

कुसुमा बुढा सैघाली अनलाईन खबर असार १३ , दाङ ।

नेपाल कम्यूनिस्ट पार्टीले घोषण गरेको १ दिने नेपाल बन्दका कारणले दाङ लगायत देश भरिको जनजिवन प्रभावित भएको छ । पार्टीले स्थानीय तहको निर्वाचनको वहिष्कार गर्दै सोमवार नेपाल वन्द आह्वान गरेको छ ।

नेपाल वन्दका कारण यातायात साधन चल्न नसक्दा दाङ लगाएत देशभरका जनजीवन प्रभावित वनेको छ । चुनाव वहिष्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ‘ विप्लव ’ समुहले गरेको वन्द कारण यातायात कलकारखाना , विद्यालय , व्यापार व्यावसाय ठप्प रहेका छन । जसका कारण सर्वसाधरणका जनजीवन प्रभावित वनेको छ । करिव २० वर्ष पछि हुन लागिरहेको स्थानिय तहको निर्वाचनका लागि उत्साहित वन्दै गाँउ देखी टाढा रहेको मतदाताहरु मतदानका लागि गाँउ फर्किए पनि बन्द कारण निश्चित गन्तव्य सम्म पुग्न नसकि वाटैमा अलपत्र परेका छन । बन्द आह्वान संगै उक्त बन्द समुहले विभिन्न पार्टीका उम्मेद्वारका घरघरमा बम समेत राखेको पाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बम भेटिए संगै उक्त बम निश्क्रिय वनाउने सेना परिचालन समेत गरीएको प्रहरी प्रमुख धिरज प्रताप सिहले जानकारी दिएका छन ।