हावाहुरीले दाङमा लाखौको क्षति



सैघाली खबर
दाङ, ३१ वैशाख । आईतवार राती हावाहुरी संगै परेको पानीले दाङमा लाखौको क्षति पु¥याएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले दिएको जानकारी अनुुसार हावाहुरी र अत्याधिक वर्षाले लाखौका क्षति पु¥याएको जनाएको छ । केन्द्रका ईन्चार्ज खिलनाथ दाहालका अनुसार जिल्लाको पश्चिम क्षेत्र बबई गाउँपालिकामा सवैभन्दा वढि क्षति पु¥याएको जानकारी दिनुभएको छ ।

जसमा बबर्इ गाउपालिका ५ पुर्व हापुरेका पूर्ण बहादुर वलीको राईस मिलको करिव ५ लाख बराबरको टिनको छानो उडाएको छ । त्यस्तै बिर बहादुर गाहामगरको १ लाख ५० हजार बराबरको टिनको छानो उडाएको छ । भुमिका बिकको खरको छानो १ लाख , सोम बहादुर सोमैको टाएलको छानो  २ लाख , हरी बहादुर वलीको २ लाख बराबरको र शेर बहादुर खत्रीको राइस मिलको टिनक छानो उडाएको ५ लाख बराबरको क्षति पु¥याएको छ । त्यस्तै हंसपुर स्थित श्री जनता उमावि हंसपुरको २ कोठे र ४ कोठे २ वटा भवनको टिनको छानो उडाएको ५ लाख बराबरको क्षति पुगेको जनाएको छ ।

बबइ गाउँपािलका २ बस्ने रामलाल आचार्यको राइस मिलको टिनक छानो उडाइ ५ लाख बराबरको क्षेति भएको छ ।
बबइ गापा –३ बस्ने मान ब। खत्रीको घरको टिनको छानो उडाई ५० हजार बराबरको क्षेति भएको छ ।  बबइ– २ बस्ने बल बहादुर वलीको फुसले छाएको घरको छानो उडाएको छ । जसमा ५० हजार बराबरको क्षति पुगेको छ ।

त्यस्तै दाङ तुलसिपुर उपमहानगर पालिका १ शक्ति चोक स्थित चमेलि बिक को घरको टिनको छानो उडाई अन्दाजी ५० हजार बराबरको क्षेति भएको छ । त्यस्तै हावाहुरीले देउखुरीको राप्ती गाउँपालिकाको २ गाउँमा क्षती पु¥याएको छ । हावाहुरीले वडा नम्बर ५ कालापानीका रामप्रसाद चौधरीको कच्ची घरमा रुखको हाँगा खस्दा टिनको छानामा क्षती पु¥याएको छ भने घरभित्र रहेका सामानमा समेत क्षेती हुदा करिव ३५ हजार बराबरको क्षती भएको पिडित चौधरीले बताएका छन् ।

त्यसै गरी वडा नम्बर ६ भगवानपुरका रामलाल चौधरीको टिन लगाएको कच्ची घरमा क्षती पु¥याएको छ । हावाहुरीले पसल र घर भित्ररहेको सामानमा समेत क्षती हुदा करिव २ लाख बराबरको नोक्सान भएको पिडित चौधरीले बताएका छन् ।

हावाहुरीले फलफुल, तरकारी तथा अन्नबालीहरुमा समेत नोक्सानी गरेको छ । हावाहुरीबाट भएको क्षेतीको विवरण संकलन गरिरहेको प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खातीले जानकारी दिएका छन् ।

उता लमही–भालुवाङ, लमही–गढवा, लमही– रिहार, लमही– घोराही लगायतका ठाउँहरुमा विद्युतपोल ढल्दा राती देखि नै विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण लमहीले जानकारी दिएको छ । त्यस्तै गढवा गाउपालिका वडा न। ५मा बिमला केसी को घरको छाना उडायको छ ।

भने सोही स्थानका एक अर्का नाम नखुलेको एकजनाको घरको छाना उडाएको छ । गढवा – ४मा खुसिचौधरीकोघरको छाना उडाएको छ । सोही स्थानका बिरेन्द्र केसीको घरको छाना उडाएको छ । ठाकुर प्रसाद चौधरी, माया नेपाली लगायतका क्षेत्रमा पनि क्षति पु¥याएको जनाएको छ । दाङ राजपुर गाउँ पालीका ५चंगुवा स्थित रहेको चङगुवाको ब्यारेक भवनको ८ वटा टिनको छाना उडाएको छ । थप विवरण संकलनको क्रम जारी रहेको केन्द्रका इन्जार्च दाहालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्