वादी वालवालिका भन्छन, ‘हामी कहिले स्कूल जाने ?’



गिरिराज नेपाली
दाङ, ३१  वैशाख । बा.. ईन्डिया गाछन, आमा बजार काममा गैछन । विहानै जान्छिन, साँझ आउछिन । भाई घर कुरेर बस्छु । उमेर १२ पुगिसकेका घोराही उपमहानगरपालिका– १६ दुर्गाभवानी टोल (वस्तीवस्ती) करण नेपाली वादीले यस्तै दुःखका सुस्केरा पोख्नुभयो । मजबुरीले बाबु भारत, आमा दैनिक बजार छिर्ने गर्दा घर कुरुवा भई दिन बिताउनुपर्ने वाध्यता छ । यही वाध्यताले लेख्नपढ्न नपाएको करणको भनाई छ । गरिवीले बाबु आमा दुवैलाई मजदुरीले डो¥याउदा पढ्न नपाएको बताउनुभयो । आधारभुत तह सम्मको शिक्षा सरकारले निशुल्क भनिए पनि गरीवी कारण करण जस्ता धेरै विपन्न वालवालिकाहरु शिक्षा वाट वञ्चित हुनु परेको छ नै ।

वादी वस्तीमा करिव ६० वादी परिवारहरुको आधाउधी वालवालिकाहरु विद्यालय गए पनि आधा परिवारका वालवालिकाहरु अझै विद्यालय जान सकेका छैनन । जसका कारण वादी वस्ती अझै शिक्षा वाट वञ्चित भइरहेका छन । पढ्ने लेख्न रहर धेरै पनि गरीवीले अशिक्षाको अन्धकारमा धकेलिरहनु परेको करणले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो –‘ म कहिले स्कूल जाने हो बा आएसी … ? ’ बाबु पैसा कमाएर घर फर्किए पछि आफु स्कूल जाने रहर बुनेर बसीरहेका छन । तर बाबु धेरै ओहोर दोहोर गरीसके करण अझै स्कूल जान सक्नुभएको छैन । बाबु आमा लाई छोरा पढाई लेखाई गराउने ठूलो रहर भए पनि स्कूलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसा जोहो गर्न नसक्दा विद्यालय जाने उमेरलाई घरमै बिताइरहनु परेको उहाँको दुखेसो छ । ‘बा÷आमा, मेरो रहर पनि पढ्ने लेख्न नै हो, घरखर्चै टर्न गाह्रो छ केले स्कूल पठाउने बा आमा भन्नुहुन्छ ? ’ – करणले बताउनुभयो ।

घरको आर्थिक अवस्थाले सरकारी स्कूलको खर्च धान्न नसके पछि १३ वर्षिय अनिश नेपाली (वादी)ले बालमन्दिर प्राविको कक्षा २ को पढाई विचमै रोकी घर कुरुवा बस्नुप¥यो । नाम लेखाउने , कापी कलम किन्ने पैसा नहुदा स्कूल जान नसकेको उहाँ बताउनुहुन्छ । यो साल देखी स्कूल जान्छु भनेर सोचे पनि पुनः उस्तै समस्या अनिश स्कुल जान सक्नु भएन । गरीवीका कारण गरीवका छोराछोरीले पढ्न नपाउदाँ गरिव वस्तीका वालवालिका शिक्षा देखी वञ्चित हुनुपर्ने वाध्यता करण र अनिशलाई मात्रै होईन अन्य थुप्रै वालवालिकाहरु भेटिन्छ ।

सरकारले आधारभुत तह सम्मको शिक्षा लाई निशुल्क शिक्षा भने पनि त्यसले विपन्न वस्तीका वालावालिकाहरु छुन सकेको छैन । जसका कारण विपन्न समुदाय र वस्ती अझै शिक्षा अभावमा गुज्रिरहेका छन । उहाँले भन्नुभयो – ‘अरु साथी स्कूल जाँदा मलाई पनि जाऔ जाऔ लाग्छ ।’ लागेर मात्रै के गर्नु र घरवाट पुग्दैन ।’करण र अनिश प्रतिनिधि पात्र मात्रै हुने विपन्नका कारण वादी वस्तीका थुप्रै वालवालिका विद्यालय जान वाट रोकिएका छन । भने कतिपय भर्ना भएका वालवालिकाहरु पनि विद्यालय जान सकेको छैनन ।

आर्थिक अभावकै कारण छोराछोरी पढाउन नसक्दा आफ्ना जस्तै दुख सन्तानहरुले भोग्नुपर्ने वाध्यता देखिएको स्थानीय राम वहादुर नेपाली(वादी)ले बताउनुभयो । भर्ना अभियानको बेला स्कूलमा भर्ना गरे पनि कापी कलम किन्ने पैसा नहुदा विचमै पढाई छुटाउनुपर्ने वस्तीको साझा समस्या रहेको उहाँले बताउनुभयो ।

कोहीले गिट्टी फोर्छाै, कोही मजदुरी गर्छाैं ,कसैले भाडाँ माझेर छोराछोरी पालेका छन । वस्तीमा सवैले गर्ने रोजगारी नै यही हो । अरुका काम दुई छाक टार्न मुस्किल हुदा प्रायको छोराछोरी स्कूल भर्ना भए पनि नियमित स्कूल जान नसक्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सरकारले दिने निशुल्क शिक्षा खै कहाँ छ ? हाम्रा गाउँमा आएको छैन ।’ भर्नाका लागि पैसा लाग्ने भएकाले धेरैले पैसा तिर्न नसक्दा छोरी घरमै राख्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो ।

पैसा नहुदा कतिपय वालवालिकाहरु पढाई छोडी मजदुरी जाने गरेको उहाँले बताउनुभयो । जसले गर्दा वादीवस्ती अझै अन्धकारतिर धकेलिरहेका छ । वालवालिकाको शिक्षा दिक्षामा राज्य गम्भिर हुन नसक्दा विपन्नका छोराछोरी शिक्षाको वञ्चितीकरणमा पर्नुपरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो –‘ पढाई लेखाई गरी हाकिम बनाउने रहर हाम्लाई पनि छ ।

आधारभुत तह सम्मको शिक्षा लाई सरकारले निशुल्क शिक्षा भनि रहे पनि सामुदायिक विद्यालय सञ्चालनका लागि सहयोग रकम शुल्कका नाममा भर्ना र परिक्षा शुल्क उठाउदा विपन्न वालवालिकाहरुले शिक्षा देखी वञ्चित हुनुपरीरहेका शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख रमेश प्रसाद मैनालीले बताउनुभयो । जसले गर्दा विपन्न समुदायका वालवालिकाहरु आधारभुत शिक्षा देखी पनि वञ्चित हुनुपरीरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्