३३ कीलो सून मैले लीयको थीय



अन्तराष्ट्रिय विमानस्थल बाट सुन तस्करी गर्ने गिरोह मध्य केहि समय अगाडी पक्राउ परेका टेकराज मल्लले आफू सुन तस्करीमा संलग्न रहेको स्वीकार गरेका छन् साथै उनले सनम शाक्य हत्यामा पनि संलग्न रहेको स्वीकारेका छन् अदालतसामु बयान दिने क्रममा उनले यस्तो अभियोग स्वीकार गरेका हुन् चुडामणि उप्रेती ‘गोरे’ भनिने व्यक्ति यो योजनाको प्रमुख योजनाकार रहेको समेत उनले स्वीकार गरेका छन् बयानमा टेकराजले गोरेको योजना अनुसार आफु पटक पटक दुबई गएको र प्रत्येक पटक आउँदा सुन ल्याउने गरेको स्वीकार गरेका छन् । उनले सुन प्लेनभित्रै छोड्ने गरेको र पछिल्लो पटक हराएको साढे ३३ केजी सुन पनि उनी र एक जना नाम थाना नभएको मानिसले ल्याएको बताएका छन् । उनले भनेका छन्, त्यो सुन कहाँ कसरी ? को मार्फत विक्री वितरण हुन्थ्यो मलाई थाहा छैन । सबै कुराको सेटिङ गोरे भन्ने चुडामणि उप्रेतीले मिलाउँथे ।’ हामी त भरिया हौँ । उनले सनम शाक्यलाई गोरेले नै कुटपिट गर्नुका साथै करेन्ट लगाएको बयान दिएका छन् । तर, शाक्यको शव आफूले चलाएको गाडीमा रहेको र प्रहरी टोलीसँग मिलेर शव व्यवस्थापन गर्न चाहेको पूर्व बयान भने फेरेका छन् । मल्लले काठमाडौंबाट आएको प्रहरी टोली आफूहरुसँगै इटहरीको गेष्टहाउसमा ३/४ घन्टा बसेको स्वीकार गर्दै काठमाडौंबाट आएको प्रहरीहरुले गोरेलाई समात्नु पर्छ भनेको बताएका छन् । सुनकाण्डमा पक्राउ परेका प्रहरी अधिकारीहरु बालकृष्ण संजेल, विकासराज खनाल, प्रजित केसी लगायतको बयान सुनाएपछि टेकराजले अदालतसामू भनेका छन्, ‘गोरे भन्ने चुडामणिले कसरी को-को सँग सम्बन्ध राखी सुन तस्करी गर्थे थाहा भएन । मैले एयरपोर्टमा सुन ल्याउने सम्म काम गरेको हुँ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्