यसरी बच्यो सैघा जाने बस ।।



सैघाली खबर/दाङ, ३१ बैशाख।

दाङको घोराही उपमहानगरपालीका १९ मा पर्ने एउटा यस्तो गाउँ छ, जुन गाउँमा अहिलेसम्म एउटा बस पनि पुग्न सकेको छैन । जहाँ साईकल चलाउनै धौ–धौ छ । त्यहाँ न त एउटा गतिलो गा्रभेल बाटो नै छ । भने उक्त गाउँमा गाडि पुग्ने कुरा त धेरै परको भयो । हो त्यो गाँउको नाम हो सैघा । घोराही उपमहानगरपालिका भित्र पर्ने सैघाँका बासिन्दाहरुले अहिलेसम्म यातायात सुबिधाको उपयोग गर्न पाएका छैनन् ।

गाँस, बाँस, कपास संगै यातायातको सुबिधा हरेक नागरिकको आधारभुत आबश्यक्ता जस्तै भईसकेको अवस्थामा पनि त्यहाँका नागरिकहरु अहिले सम्म एउटा गतिलो बाटोमा हिड्न समेत पाएका छैनन् । भने उनिहरुकोलागि यातायात सुबिधाको उपयोग गर्न पाउनु सौभाग्यको कुरा थियो । त्यहि गाउँमा बिगत केहि महिनादेखि राप्ती सार्वजनिक यातायातले गाडि चलाउन थालेपछि सैघाका नागरिकहरुमा खुसिको सिमा नै छैन ।

तर उनिहरुको त्यो खुसि कति टिक्छ थाहाँ छैन । कारण गतिलो बाटो नहुँदा कहाँ, कतिबेला, के दुर्घटना हुने हो भन्न सकिन्न । यस्तै भएको सोमबार । घोराहीबाट सैघाको लागि छुटेको बस दुईखोलीको पेदाँदेखि बयालिकोट तर्फ जादै गर्दा ठुलो दुर्घटना हुन बाट जोगिएको छ । जसका कारण बस अहिले सम्म सोही स्थानमै रोकिएको छ । चुनावका समयमा जनतालाई मख्ख पार्दै मत माग्नेहरुले एक पटक सैघाका नागरिकहरुको बारेमा सोच्ने कि नसोच्ने ?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्