सैघाली खबर
दाङ,१ जेठ
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ का आगलागी पीडित विरवहादुर डाँगीलाई तुल्सीपुर उपमहानगरपालिकाले राहत वितरण गरेको छ । पीडित डाँगीको घरमा पुगेर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले राहत वितरण गरेकी हुन् । उनले पीडित डाँगीलाई २ क्विन्टल चामल, तेल, त्रिपाल लगायतको सहयोग गरेकी हुन् ।
राहत वितरण कार्यक्रममा वोल्दै उपमेयर आचार्यलाई तत्कालका लागि सामान्य राहत दिएपनि सहयोगलाई निरन्तरता दिने वताईन् । राहत वितरणमा वडा नम्वर १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, कार्यपालिका सदस्य जानका रेग्मी , उपमेयरको सचिवालय प्रमुख सुशिला शाहको सहभागिता रहेको थियो ।
अचानक लागेको आगलागीका कारण डाँगीको घरमा रहेको अन्नपात सहित करिव ३ लाख वरावरको क्षति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।