काठ्माण्डौबासी किन यसरी एकाबिहानै लाइन बस्छन ?



२०७५ जेठ १
सैघाली खबर

एका विहानको सुनसान सडक, मान्छेहरुको पंक्तिवद्ध श्रृंखला । यो कुनै बोर्डिंग स्कूलका विद्यार्थीहरुको लाइन होइन न त हो कुनै बैंकहरुमा चेक डिपोजिट गर्ने ग्राहकहरुको लाइन । यो लाइन त हो काठ्माण्डौमा माइक्रो बस चढ्ने यात्रुहरुको ।

मनमैजु देखी रत्नपार्क चल्ने माइक्रो बस चढ्न यसरी नै लाइनमा बस्नु पर्छ । यो रुटमा सधैं यसरी नै पालो कुरेर माइक्रो बस चढ्नेहरुको भिंड लाग्ने गर्छ । यसरी ठेल मठेल गरेर गाडी चढ्नु कसैको रहर होइन यो त बाध्यता हो ।

यो यहाँको एउटा उदाहरण मात्र हो । यस्तो पीडा यो शहरको धेरै ठाउँमा छ । यो पीडाले न सरकारका मन्त्री र हाकिमहरुलाई छुन्छ न त चिल्ला गाडी चढे्र सरर…… हुँइकिनेहरुलाई ।
एका विहानै यसरी लाइन लागेर बस चढ्नेहरुमा कलेज जाने विद्यार्थी र व्यापारीहरु र बजारमा किनबेच गर्न जाने ग्राहकहरु पर्छन् । जो प्रायः निम्न मध्यम वर्ग र भाडामा बस्नेहरु हुन् । जोसित आफ्नो सवारी साधन छैन ।

काठ्माण्डौ जस्तो ठाउँमा पनि बस चढ्न किन यसरी लाइनमा बस्नु पर्छ त ? भन्ने प्रश्नको जवाफ खोज्न फेरिपनि यातायात क्षेत्रमा लगाइएको सिण्डीकेटमा जानुपर्ने हुन्छ । काठ्माण्डौका स्थानीय रुटहरु प्राय सबैमा सिण्डीकेट छ । जसका कारण सिमित माइक्रो बसहरुमा मात्र पालो पर्खेर चढ्नु पर्ने बाध्यता रहेको छ ।

सिण्डीकृट भनेको एकाधिकार हो । यो प्रणालीमा प्रतिस्पर्धा हुँदैन । जो जे जति छन् उनीहरुले मात्रे सेवा दिने हो, जसमा ग्राहकले सेवा शुल्क पूर्णरुपमा तिर्छन तर सुविधा चाँही भनेको समयमा र भनेको जस्तो पाउँदैनन् । त्यसकारण देशभरको यातायात क्षेत्र देखिएको समस्या काठ्माण्डौमापनि देखिएको हो । जसका कारण माइक्रो बस चढ्ने यात्रुहरु लाइनमा बस्न बाध्य छन् ।

सरकारले यातायात क्षेत्रको सिण्डीकेट तोडेर खुल्ला प्रतिस्पर्धामा लाने निर्णय गरेको छ । खुल्ला प्रतिस्पर्धामा गयोभने अरु धेरै सवारीहरु थपिने छन् र धेरै सवारी साधनहरु भएभने जनताले चाहेको बेला सार्वजनिक सवारीका साधनहरु पाउने छन् ।

यसै प्रसंगमा काठ्माण्डौको मनमैजुबाट रत्नपार्क जाने माइक्रो सबमा बसेका यात्रुहरुविच प्रायः यसै विषयमा छलफल हुने गर्छ । २ जना बस्ने सिटमा तीनजना कोचिएर बस्नु पर्दाको पीडा उनीहरु आजभोली सिण्डीकेटमा लगेर कुरा टुंगयाउँछन् र आआफ्ना गन्तब्यतीर लाग्छन् ।

सरकारले गरेको सिण्डीकेट खारेजीको प्रसंसा गर्दै उनीहरुलाई अब देखी धेरै सवारी साधन दर्ता हुने र सजिलोगरि बस चढ्न पाइने आशा व्यक्त गर्छन् ।

एक हातले नानी काखमा च्यापेर अर्को हातले छेउको डन्डी समातेर जोखिमपूर्ण यात्रा गरिरहेको चितवनकी राधिका खनाल भन्छीन,”के गर्ने आफ्नो गाडी छैन, सधैं यस्तो यात्रा गर्नु छ, कहिले नयाँ समिति खुल्लान, अरु गाडी हाल्लान र सजिलोसित बस चढ्न पाइएला ।”

यता गाडीवालाहरुलाई भने धेरै गाडी भएभने प्रतिस्पर्धा बढि हुने र कमाई थोरै चिन्ताले सताउने गरेको रहेछ । सो पीडा एकजना माइक्रो सहचालकले व्यक्त गरे । सण्डिीकेट तोड्ने निर्णयसँगै आफ्नो गाडी साहुले सरकारप्रति गरेको गुनासो र आफ्नो रोजीरोटीको समस्या ती सहचालकले व्यक्त गरेका हुन् ।

उनी भन्छन् “धेरै गाडी हालेभने त कमाइ थोरै हुन्छ त्यसकारण हाम्रोपनि तलव घटाउने भनेको छ । ”
यस्तो पीडा धेरैलाई होला तर त्यो भन्दा ठूलो पीडा पैसा तिरेरपनि समयमै सजिलो तरिकाले बस चढ्न नपाउनुको पीडापनि यात्रुहरुलाई कम छैन । राज्यका सवै क्षेत्रहरु व्यवस्थित भएको हेर्ने चाहना सबैलाई हुन्छ ।

कर र शुल्क तिरेपछि पाउने सुेवा सुविधापनि उत्कृष्ट नै हुन पर्छ भन्ने सबैको चाहना हुन्छ । कुनैपनि क्षेत्रमा खुल्ला प्रतिस्पर्धा हुनु राम्रो हो । सिण्डीकेट लगाएर थोरैले मात्र सुविधा लिनु भन्दा खुल्ला प्रतिस्पर्धा गर्न दिएर जनतालाईु सुविधा दिने कुरा महत्वपूर्ण हो ।

अहिले यति भन्न सकिन्छ की, यातायात क्षेत्रमा देखिएको यो समस्या सिण्डीकेट कै कारणले भएको हो भने तत्काल यो समस्या हटाएर जनतालाई सेवा सुविधा दिनेतीर सोचियोस् । अनि मात्र जनताले लोकतन्त्रको अनुभूति गर्न पाउने छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्