ज्योति मगर बालआश्रममा



सधैँ चर्चा रहिरहने गायिका ज्योती मगरले आफ्नो जन्मदिन यसपटक फरक ढंगले मनाएकी छिन्। स्टेज प्रफर्मेन्स र खासगरी पोशाकका कारण चर्चामा रहिरहने गायिका ज्योतीले यसपटक बालआश्रमका बालवालिकालाई आर्थिक सहयोग गरेर जन्मदिन मनाइन्। वैशाख २९ गते परेको ज्योतीको जन्मदिनमा उनले एकीकृत सिर्जनशिल समाज काठमाडौंका बालबालिकालाई नगद ४५ हजार र १० हजार बराबरको खाद्यान्न सहयोग गरिन्। मगर पहिरनमा बेलुकीपख बालआश्रममा पुगेकी गायिका ज्योतीले त्यहाँका ४० जना बालवालिकासँग केक काटेर जन्मदिन मनाइन्। त्यस अवसरमा एकै दिन जन्मदिन परेकी अर्की गायिका सिर्जना खत्रीसँगै ज्योतीले केक काटिन्।

धेरै नसके पनि बालबालिकाको मुहारमा खुसी ल्याउन आफूले सक्ने जति सानो प्रयास गरेको उनले बताइन्। ‘हामीलाई आफ्नै १/२ जना सन्तान हुर्काउन त कति गाह्रो भइरहेको हुन्छ। यति धेरै बालवालिका एकै ठाउँमा राखेर हुर्काउनू, पढाउनू लेखाउनू सानो कुरा होइन’, ज्योतीले भनिन ‘त्यसैले मैले आफूले सक्दो सहयोग गर्ने प्रयास गरेकी हुँ। मेरो तर्फबाट थप पहल गर्नेछु।

 

कम्तिमा एक दिन भए पनि यी बालबालिकाको मुहारमा खुसी ल्याउन सकियोस्।’ खासगरी मेला, महोत्सवमा दिने प्रस्तुतिका कारण ‘हट एण्ड सेक्सी’ गायिकाको परिचय बनाएकी गायिका ज्योतीले पछिल्लो समय सामाजिक सेवामा समेत हात बढाएकी छिन्। उनले केही समय पहिले थर्ड आइ नामक संस्थामार्फत लागूऔषध दूर्व्यसनमा फँसेका युवाका लागि सहयोग गरेकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्