लेक लागेर चिनियाँ नागरिकको मृत्यु



सैघाली खबर,
विराटनगर — सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ लबुचेमा लेक लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा अन्दाजी ४७ वर्षीय चिनियाँ नागरिक लाम औन उहा क्रिस्टोफर रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

खुम्बुचे प्रालिबाट सगरमाथा आरोहणका लागि पुगेको १० जनाको समूहमा रहेका उनी गोरक्सेप भन्ने स्थानमा पुगेपछि लेक लागेर सोमबार बिरामी परेका थिए । उपचारका लागि लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्