सैघाली खबर,
जेठ १ । इजरायल र प्यालेस्टाइनको सिमा गाजा क्षेत्रमा इजरायेली सेनाले गरेको आक्रमणमा ५५ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् । २ हजार ७ सय जनाभन्दा बढी घाइते भएका छन् ।
अमेरिकाले इजरायलको राजधानी जेरुसेलमको विवादित ठाउँमा राजदूतावास खेलेको विरोधमा उत्रिएका प्यालेष्टाइनीमाथि इजरायली सेनाले गोली चलाएको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले प्यालेष्टानी नागरिकले गरेको आक्रमणको प्रतिरक्षाका क्रममा आफ्ना सेनाले गोली चलाएको दावी गरेका छन् ।
प्यालेष्टाइनी अधिकारीहरुले इजरायलले आफ्नो भूमिमा आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । इजरायलको आक्रमणलाई प्यालेष्टाइनी अधिकारीहरुले नरसंहारको संज्ञा दिएका छन् । अमेरिकाले सोमबार जेरुसेलममा दूतावास खोले पछि प्यालेस्टाइनले विरोध प्रदर्शन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।