मेयर गौतमले गरे पहिलो मतदान



गोविन्द खड्का
सैघाली अनलाईन खवर
असार १४ , दाङ ।      घोराही उप– महानगरपालिका १८ मसिना मतादन केन्द्रमा माओवादी केन्द्रका मेयर जीवन गौतमले पहिलो मतदान गर्नु भएको छ ।14 मतदान पछि गौतमले मतदाताहरु लाई अभिवादन गर्दै आफु लाई जिताउन आग्रह गर्नु भयो ।

      विहान ७ वजे वाट सुरु भएको मतदानमा गौतमले मत खसाल्दा मतदाताहरुको लामवद्ध भिड थियो । सामान्य वर्षात भई रहे पनि मतदाताहरुले वर्षातको कुनै प्रवाह नगरी मतदानका लागि उत्साहित हुदै मतदानमा सहभागी भएका थिए । मतदान पछि गौतमले केही समय मतदाताहरु संग भला कुसारी गर्दै आफुलाई जिताउन अपिल गर्नु भएको छ ।
मतदाताहरु उहाँले करिव २० वर्ष पछि हुन लागिरहेको स्थानिय तहको निर्वाचन जनता आफ्ना जनप्रतिनिधिहरु छनौट जिताउन समेत उनले अपिल गरेका छन । जनताको उत्साह र रौनक लाई थप उत्साहित वनाएका थिए । यसैविच घोराही उप–महानगरपालिका वडा न. १४ को वालमन्दिर प्राङगणमा जारी मतदान विहान ७ वाट सुरु भएको मतदानमा ९ वजे सम्म करिव ५ सय २५ मत खसेको निर्वाचन अधिकृत किशोर आचार्यले जानकारी दिए । त्यस्तै घोराही उप–महानरपालिका १६ निमावी वाहुन डाँडामा पनि विहान देखी मतदान सुरु भएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्