दाङमा आलुको मूल्य बढ्यो



सैघाली खबर,

तुलसीपुर १ जेठ ।

दाङमा आलुको मूल्य बढेको छ । दाङमा आलु मनग्य मात्रामा उत्पादन हुने भएपछि उत्पादित आलुलाई भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा भारतीय आलु खानुपर्ने बाध्यता रहदै आएको छ । त्यसैले पनि यहाँका उपभोक्ताहरु चर्को मूलयको मारमा पर्नुपर्ने बाध्यता छ । भारतबाट ढुवानी गरेर ल्याउदा नै महंगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको तुलसीपुर क्षेत्रमा क्रियाशील ब्यबसायीले गुनासो गरेका छन् । अहिले दाङका बजारमा खपत हुने गरेको आलुको मूल्य भारतले नै निर्धारण गर्ने गरेको उनले बताए ।

भारतबाट आउदा ढुवानी खर्च सहित आलुको माग अनुसार आलुको मूल्य निर्धारण हुन्छ । पछिल्लो समय दाङका बाजारमा आलुको मूल्य बृद्धि भएको छ । एक हप्ता अघि थोकमा आलुको थोक मूल्य किलोको २० र फुटकर को ३० रुपैँया थियो । तर अहिले बढेर थोकमा किलोको ३० र फुटरमा किलोको ४० रुपैँया भएको अध्यक्ष खड्काले बताए । साथै एक हप्ता अघि एक सय २५ रुपैँया लम्बर पर्ने आलुको मूल्य अहिले बढेर एक सय ८० पुगेको छ । अहिले दाङका बजारमा कार्डिनल रातो आलु , सेतो आलु बिक्रिबितरण भईरहेको उनले बताए । दाङमा स्थानीय स्तरमै आलु उत्पादन हुने भएपनि चिस्यान केन्द्र नहुँदा आलु कुहिएर जाने समस्या छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्