महिला स्वयंसेविकालाई टोलको जिम्मेवारी



गोविन्द खड्का
घोराही,१ जेठ।
घोराही १४ मा रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई टोलको जिम्मेवारी दिने निर्णय भएको छ । वडा अध्यक्ष शक्तिराम डागिको अध्यक्षतामा आईतवार बसेको बैठकले मासिक रुपमा टोलमा पुग्नुपर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा स्वयंसेविकाहरुले गर्भवति महिला र पा“चवर्ष मुनिका वालवालिकाको स्वाथ्य अवस्था बुझ्ने भएका छन् । टोलमा गएर ल्याएको रिपोर्ट जेष्ठ दश गते भित्र वडाकार्यालयलाई बुझाउने छन् । उनिहरुले दिएको विवरण अनुसार आगामि बर्षको योजना बनाईने अध्यक्ष डागिले जानकारी दिनुभयो । सबै टोललाई समेट्नगरी आमा समुह गठन गर्ने जिम्मेवारी पनि स्वयंसेविकाले लिएका छन् ।
यसरी जिम्मेवारी लिनेमा स्वयंसेविका शिवा केसी कपासी, झिगौराका तिनवटा टोल र अटोभिलेज रहेको छ । उषा गिरीले नया“ वस्ती आश्रम, झिगौरा आश्रम, स्वर्गद्धारी आश्रम, आनन्दनगर, सुन्दर नगर र शान्तीनगर टोलको जिम्मेवारी लिनुभएको छ । रिता थापाले मिलनचोक, सेवारखोला नया वसपार्क, जागृति, स्वर्गद्धारी, सिद्धार्थ र पशुपति नगर टोलको जिम्मा लिनुभएको छ ।
यसैगरी रेशमा अधिकारीले ढोडेनी, जलजला, सरस्वती, चाउको, लालीगुरा“स र विष्णु टोलको जिम्मेवारी लिनुभएको छ । शारदा रानाले जनचेतना, संगम, वसन्त बिहार, सगरमाथा र त्रिमुर्ति टोलको जिम्मेवारी लिनुभएको छ । महिला स्वाथ्य स्वयंसेविकाका अध्यक्ष एवं स्वयंसेविका विना खनालले नव प्रतिभा, रामनगर, राप्ती जानकी, न्यु सृजनसिल, सृजनशील र त्रिपुरा टोलको जिम्मेवारी लिनुभएको छ । पुष्पा विष्टले शिव मन्दिर, राधाकृष्ण, कल्पचोक, गणेश मन्दिर र रामजानकी टोलको जिम्मेवारी लिनुभएको छ । साथै सुनिता शर्माले पिपलवोट, गौतमनगर, हस्पिटल रोड, खोली गाउ, टाफिक र गोरखा टोलविकास संस्थाको जिम्मेवारी लिनुभएको छ । सो बैठकमा घोराही १४ का वडा सचिव तिलकराम डिसी र आमन्त्रित अतिथिमा महिला स्वाथ्य स्वयंसेविकाका निवर्तमान अध्यक्ष धना जिसीको उपस्थिति रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्