नौलो नमुना बस्तिको जग उठ्यो



गोविन्द खड्का
घोराही,१ जेठ।

एक दुईवटा घरको तला भाटिदैछ । केहि घरको पर्खाल उठाईदैछ । कतिको जग खन्ने र पुर्नेकाम हुदैछ । सबैतिर धमा धम घरनिर्माणको काम चलिरहेको छ । त्यहा“ एकैचोटि सिंगै वस्ति निर्माण गरिदैछ ।
घोराही १८ नौलो टोलको सो बस्तिमा केहि दिन अघि डोजर लगाएर १९ घरका सबै पुराना संरचना हटाईएको थियो । घोराही १८ ले सो क्षेत्रलाई ‘नौलो नमुना बस्ति’ घोषणा गरेर काम अघि बढाएको हो । डोजरले सम्म पारीएको क्षेत्रमा घोराही उपमहानगरपालिकाका ईन्जिनियर रामधन श्रेष्ठ लगाएतको प्राविधिक टोलिले सबैको घडेरीको नक्सा छुट्याईदिएको थियो । त्यसैमा आआफ्ना घरबनाउन स्थानिय लागेका छन् । केहिले शुरु गर्दैछन, कतिले निर्माणका अन्तिम चरणमा पुगेका छन् । सबैको अबस्थालाई नियाल्दा नमुना बस्तिको जग उठेको छ ।

त्यहा“ अधिकांश थारु समुदायका व्यक्ति बस्दै आएका छन् । सिंगै टोललाई थारु वस्तिभनेर चिनिन्छ । घोराही उपमहानगरपालिका भित्रको सरसफाइ नमुना थारुवस्तिका रुपमा विकास गरेको साविक घोराही ६ का सरसफाइ संयोजक मिनराज गौतमले बताउनुभयो । स्थानिय बासी संयोजक गौतमका अनुसार बाहिर बाट आउने पाहुनाहरुलाई उपमहानगरपालिकाले नजिकको र नमुना सफाटोल भनेर अवलोकन गराउदै आएको छ । त्यसमा नमुना बस्ति निर्माणको कार्य थालिएको हो ।

कच्ची ईटाको बैकले घर भत्काएर नया निर्माण गर्दै गरेका जिवन चौधरी नमुना वस्तिको नाराले मख्ख पर्नुभएको छ । उहाका अनुसार बस्तिले बषौ अघि देखिको जग्गाको किचलो अन्त गरीदिएको छ । पुरानो वस्तिमा एउटाको घर अर्काको जग्गामा थियो । अब बन्ने सबै संरचना आफ्नै नामका जग्गामा आउने कुराले स्थानियलाई खुशि बनाएको हो । त्यस संगै पक्की ईटाको बन्ने, ढलाई गर्ने, प्लाष्टर गर्ने, एकै रंगको पेन्ट गर्ने कुराले औधि खुशि बनाएको चौधरीले बताउनुभयो ।
स्थानिय अगुवा वुद्धिराम चौधरीका अनुसार आफ्नो क्षमता अनुसारका घर बनाउन वडा कार्यालयले सुचना गरेको छ । केहि व्यक्ति घर त भत्काए जग उठाउन नसक्ने कमजोर आर्थिक अबस्थाका छन् । स्थानिय मोटन चौधरीका अनुसार जग हाल्दैमा पैसा सकियो । त्यसभन्दा माथि घर कसरी बनाउने रु बर्षात नजिकीदै गर्दा चिन्ता बढेको छ । त्यहाका बासिन्दाको भत्काएका घरको पुराना टिनले बारेर कामचलाउ बसाई छ । बर्षात सम्म घरमा सर्न सकिन्न कि भन्ने त्रास फैलिएको छ ।

कुवाको पानी खोजेर खानुपर्छ । भएका घर भत्काउदा क्षेति व्यहोर्नुपरेको छ । स्थानियका अनुसार अहिले घाटै लागेको महसुस हुन्छ । पैसा सकियो घर छैन भन्ने अबस्थाका केहि व्यक्तिहरु रहेको अगुवा चौधरीले बताउनुभयो । वडा कार्यालयले विना घर बसाल्दैन भन्नेमा विश्वस्त छन् । सडक, शौचालय, खानेपानी, छानो भित्ताको रंग रोगन वडा कार्यालयले बनाईदिने स्थानियले बताए । अवलोकनका लागि थारु संग्रालय अतिथि स्वागतका लागि होमस्टेय बनाउने योजना वडाकार्यालयले सुनाएको अगुवा चौधरीले जानकारी दिनुभयो । त्यसो गरे रोजगारी सिर्जना हुने छ ।

आफ्नो घर आफै बनाउन भनेपनि केहिको अबस्था अत्यन्तै कमजोर रहेको घोराही १८ का अध्यक्ष भरतमणी अर्यालले बताउनुभयो । घर बास बिनाको कसैलाई पनि नबनाईने घोराही उपमहानगरपालिकाका प्रबक्ता समेत रहनुभएका अध्यक्ष अर्यालको भनाई छ । अति गरीवका लागि के गर्ने भन्ने छलफल चलेको छ । वडा कार्यालयको लक्ष्य सबैले आफ्नो क्षमता अनुसारको घर बनाउन भन्ने हो । ‘एउटै रंगका कर्कटपाताको छानो, बातावरण मैत्री भित्ता बनाउने हो’ अध्यक्ष अर्यालले भन्नुभयो, ‘थारु संग्राहलय, होमस्टे लगाएतका संरचना बनाउने योजना अघि बढाईएको छ ।’ उहाले खानेपानीका लागि तुरुन्तै बोरिङ खन्न लागेको जानकारी दिनुभयो ।

बर्षात नलाग्दै सबैका घर बनि सक्ने र आगामि बर्षको योजनामा अरु कायम अघि बढाउने अध्यक्ष अर्यालले बताउनुभयो । आगामि बर्षको शुरुवातमै सबै घरमा खानेपानीको धारा हुनेछ । त्यसका लागि नाप जाच तथा स्टीमेट गरीसकिएको छ । पुर्ण सरसफाइ अभियान सन्चालन गर्ने छन् । घोराही बजार संगै जोडिएको उक्त नमुना बस्ति उपमहानगरपालिकाकै गहना बन्ने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्