तुलसीपुर नगर जेसिज उत्कृष्ठ



सैघाली खबर,
तुलसीपुर १ जेठ।
तुलसीपुर नगर जेसिज उत्कृष्ठ भएको छ । अप्रिल महिना भरि गरेका कामहरुको आधारमा नेपाल जेसिजले तुलसीपुर नजर जेसिजलाई उत्कृष्ठ छनौट गरेको हो । अप्रिल महिना भरि गरेका बिभिन्न सामाजिक, संस्कृतिक, उत्प्रेरणादायी कामको आधारमा तुलसीपुर नगर जेसिज उत्कृष्ठ हुन सफल भएको अध्यक्ष दिपेश भण्डारीले बताए । जेसिजले गरेको गरिब तथा बिपन्नलाई झुल वितरण, जेसिज ईन द क्लास रुम, चमेरे गुफा जाने सडक निर्माण गर्न पहलगायतका कार्यले गर्दा उत्कृष्ठ हुन सफल भएको पूर्ब अध्यक्ष सुर्य शर्माले बताए ।

यसैबीच तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीले जेसिजलाई उत्कृष्ठ बनाउन सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरे । उत्कृष्ठ भएको तुलसीपुर जेसिजलाई भर्खरै घोराहीमा भएको क्षेत्रीय भेलामा सम्मान पत्र प्रदान गरिएको थियो । साथै नेपाल जेसिजका हरेक गतिबिधिमा सक्रिय सहभागिता जनाएको भन्दै सम्मान तथा पुरस्कृत पनि गरेको थियो ।

घोराहीमा भएको क्षेत्रीय भेलामा भएको बक्तृत्वकला प्रतियोगितामा तुलसीपुर नगरजेसिजका सदस्य कमल प्रकास शर्मा तृतिय स्थान हाँसिल गर्न सफल भएका थिए । तुलसीपुर नगर जेसिजले तुलसीपुर क्षेत्रमा हुने हरेक सामाजिक कार्यको अगुवाई गर्दै आएको छ । हरेक सामाजिक कार्यमा जेसिजले सहभागिता जनाउँदै आएकाले जेसिजको कार्यप्रति सबैले प्रशंसा पनि गर्ने गरेका छन् ।।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्