अभिनन्दन कार्यक्रममा बोलेको कुरा सच्याउदैन : राउत ।।



सैघाली खबर/काठमाण्डौँ, १ जेठ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूले बोलेको कुरा नसच्याउने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहँदा उनले आफूले बोलेको कुरा नसच्याउने बताएका हुन् ।

मुख्यमन्त्री राउतले आफूले अभिनन्दन कार्यक्रममा लाखौं मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका शोषित पीडित जनताको भावना राखेको दाबी गरेका छन् । उनले बन्दूकको बलमा जारी गरिएको संविधान विभेदकारी रहेको र त्यसलाई संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको समेत बताएका छन् ।

राउतको अभिव्यक्तिबारे संघीय संसदमा समेत कांग्रेस, एमाले र माओवादीका नेताहरुले असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउनुपर्ने मागसमेत गरेका छन् । राउतले आफूले मधेशको मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण गर्नका लागि सो अभिनन्दन कार्यक्रम यस्तो कुरा उठाएका बताए । ‘मेरो अभिव्यक्तिले अभिनन्दन कार्यक्रममा उपस्थित लाखौं मधेशी जनताको भावनाको कदर भएको छ,’ उनले भने, ‘मैले कुनै गलत कुरा बोकेको छैन ।।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्