१८ महिनाकी एञ्जलको सर्प दंशबाट मृत्यु



सैघाली खबर,
जेठ १ तुलसीपुर । दाङको तुलसीपुरमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – २ की १८ महिनाकी एञ्जल केसीको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

एञ्जललाई घरको आँगनमा खेलिरहेको समयमा विषालु सर्पले डसेको थियो । उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज प्रकाश सापकोटाले जानकारी दिए । एञ्जललाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्