एकसाथ पर्दामा देखिने भए अभिनेता रणवीर र अजय ।।



सैघाली खबर/काठमाण्डौँ, १ जेठ।
अभिनेता रणवीर कपूर र अजय देवगन एकसाथ एउटै फिल्लममा देखिने भएका छन् । यसअघि अभिनेता कपूर र देवगनले एक साथ काम गरेको फिल्म हो ‘राजनीति’ । यो फिल्म दर्शकको मन जित्दै सन् २०१० मा सुपरहिट भएको थियो । फिल्ममा अजय देवगन र रणवीर कपूर सौतेला दाजुभाइ थिए । त्यसको ६ वर्षपछि सन् २०१६ को तिहारमा भने अजय र रणवीरको भिडन्त नै भयोे । कारण थियो दुवैको फिल्म एउटै मितिमा प्रदर्शन हुनु ।

अजय देवगणको फिल्म ‘शिवाय’ र करण जोहरको निर्माण तथा रणवीरको अभिनय रहेको फिल्म ‘ए दिल हे मुश्कील’ को प्रदर्शन मितिकै कारण अजय र करण जोहरबीच शीतयुद्ध नै चलेको थियो । यसपछि बलिउडमा अभिनयद्वारा एक छुट्टै पहिचान बनाइसकेका अजय र रणवीर फेरि एक साथ एउटै फिल्ममा काम गर्ने कुरा सायद कसैले सोचेकै थिएनन् । तर निर्देशन लभ रञ्जनले भने रणवीर र अजयलाई एउटै फिल्ममा काम गर्नका लागि मनाइसकेका छन् ।

अजय र रणवीरले फेरि एक साथ एउटै फिल्ममा काम गर्न राजी भइसकेका छन् । सन् २०१८ को हिट फिल्म ‘सोनू के टीटु की स्वीटी’ निर्देशन गरेका लव रञ्जनले यी दुवैलाई उनको आगामी फिल्मका लागि अनुबन्धन गरिसकेका छन् । यस फिल्मको छायाँकंनको काम सन २०१९ बाट सुरु हुनेछ । अभिनेता अजय देवगन हाल लव रञ्जनको फिल्म ‘रम–कम’ को छायाँकंनमा व्यस्त छन् । अजयसँगै यस फिल्ममा अभिनेत्री तब्बु र राकुल प्रित सिंह रहेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्