पत्रकार भट्टाराईले अभिभाकत्व ग्रहण गर्दै



सैघाली खबर,
घोराही १ जेठ।
शिक्षा ग्रहण गर्ने अधिकार वाट कोहि पनि बालबालिकाहरु बञ्चित हुन नपरोस् भन्ने मान्यताका साथ सरकारले यसवर्षदेखी अभिभाकत्व ग्रहण कार्यक्रम चलाएको छ ।
यसै कार्यक्रमलाई निरन्तरता दिदै आज घोराही उपमहानगरपालिका सौडियार ७ निबासी पुर्णीमा चौधरीको पत्रकार निशान्तदाजु भट्टराईले आज अभिभाकत्व ग्रहण गर्नुभएको छ ।
आर्थिक अभाबका कारण बिचमै आफनो पढाईलाई स्थागित गर्ने अवस्थामा पुग्नुभएकी पुर्णीमा चौधरीलाई सौडियारको बिद्यालयमा पत्रकार निशान्तदाजु भट्टाराईले आज अभिभाकत्व ग्रहण गर्दै कक्षा ८मा भर्ना गर्दिनुभएको छ । बर्षदिन भरी पुग्ने स्टेशनरीका सामानहरु पनि पुर्णिमा चौधरीलाई उपलब्ध गराउने पत्रकार भट्टराईले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पुर्णिमा चौधरीका बुवा टिकाबहादुर चौधरी र आमा जिरसमणी चौधरीले जुत्ता सिलाउने पेशाबाट नै आफनो जिविकोपार्जन गर्दै आउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्