प्रधानमन्त्रीले मैथिली भाषामा ट्विीट गर्नुको रहस्य के ?



सैघाली खबर/काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्ने बताएका छन् । मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा ट्विट गर्दै मधेशको भावना सम्बोधन गर्ने बताएका हुन् ।

ओलीले प्रदेश २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटपछि लगातार तीनवटा ट्विट गरेका छन् । जसमध्ये उनले मैथिली भाषामा दुईवटा ट्वीट गर्दै मधेशको मन जित्न खोजेको देखिन्छ । ओलीले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिञ्चाई तथा डुबान समस्याको समाधानका लागि सांसदहरुले देखाएको अग्रसरताप्रति धन्यवाद दिएका छन् ।

उनले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत तराई मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गरिने आश्वासनसमेत दिएका छन् । हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गराउँदै ओलीले मैथिली संस्कृति अनुरुपको पोशाक लगाएर जानकी मन्दिरबाट सम्बोधन गरेका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्