दाङका कम्युनिष्ट नेता भानु गौतमको निधन



दाङ, जेठ १ । दङाली बामपन्थी आन्दोलनका योद्धा भानु गौतमको ६५ वर्षको उमेरमा आज निधन भएको छ । गौतमको शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा मंगलबार बिहान ११ वजे निधन भएको हो ।

तिर्थाटनका लागि चारधाममा रहेको समयमा बिरामी रहेका गौतमलाई उपचारका लागि शिक्षण अस्पतालमा उपचारार्थ लगिएको थियो । कलेजोमा समस्याका कारण गौतमलाई अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । भूमिगत कालदेखि नै बामपन्थी आन्दोलनमा क्रियाशील गौतमले लामो समयसम्म दाङका विभिन्न विद्यालयमा अध्यापन गर्नुभएको थियो । गौतमलाई राजद्रोहको अभियोगमा जेल चलान गरिएको थियो । गौतमले नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको अध्यक्ष, नेकपा एमाले दाङको सल्लाहकार परिषद्को अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

 

यसैबीच स्वर्गीय गौतमको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । गौतमका छोरा सुरेश गौतम र उमेश गौतमले उहाँको पार्थिव शरिरमा दागवत्ती दिनुभएको छ । स्वर्गीय गौतमको श्रद्धाञ्जलीका लागि नेकपा एमालेका नेता तथा सांसदहरुको उपस्थिति रहेको थियो । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, हिराचन्द्र केसी, सुजिता शाक्य, शान्ता चौधरी, विष्णु शर्मा पौडेल र राष्ट्रिय सभा सदस्य कोमल ओली उपस्थित हुनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्