म धर्मबाट चल्दिन–प्रधानमन्त्री



१ जेठ, काठमाडौं । नेपाललाई हिन्दू राज्य घोषणा गर्न माग राख्ने नेपाल र भारतका हिन्दू अभियन्ताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले असान्दर्भिक भइसकेको विषय नउठाउन आग्रह गरेका छन् ।

भारतको गोवर्द्धन मठका पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीको अभिनन्दन समारोहमा ओलीले भने ‘अब यो कुरा असादन्भिर्क भइसक्यो । म धर्मबाट चल्दिन, देश र जनताको सम्बृद्धिका लागि काम गर्छु ।

ओलीले नेपाल गणतन्त्रमा गइसकेको भन्दै सबैले परिवर्तनलाई स्वीकार गर्नुपर्ने बताए । ओलीले भने ‘कुनै पनि संस्थाको समयअनुसार सान्दर्भिकता रहन्छ । त्यसले समय अनुसार आफूलाई ढाल्न नसके असान्दिर्भक भएर जान्छ । म देश र जनताको समृद्धिका लागि काम गर्न लागेको छु । प्रधानमन्त्रीका रुपमा पदमा रहेसम्म म धर्मबाट चल्दिन ।’

कार्यक्रममा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय समिति अध्यक्ष भरतकेशर सिंह, हरिबोल भट्टराई लगायतकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न प्रधानमन्त्री ओलीले साथ दिनुपर्ने बताएका थिए ।

नागरिक अभिनन्दन कार्यक्रममा शंकराचार्यले नेपाल पुन्य भूमि रहेको भन्दै हिन्दू राज्य बनाएर भारतलाई पनि पाठ सिकाउन आग्रह गरे । उनले विश्वमा हिन्दूराज स्थापना गर्न नेपालबाट शंखघोष हुनुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्