रेडियो मध्यपश्चिम १२ औँ बर्षमा



दाङ १ जेठ रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १२ औँ स्थापना दिवस मनाएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष माधबप्रसाद शर्माको अध्यक्षता एवं रेडियोका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथी शर्माले रेडियो मुनाफा भन्दा पनि सचेतना फैलाउने विषयमा केन्द्रीत रहनुपर्ने बताउनुभयो । सञ्चार क्षेत्रमा समिक्षाको पाटो कमजोर हुदा प्रशारणका सामाग्रीहरुमा गुणस्तर नहुने उल्लेख गर्नुभयो ।

 

सत्यतथ्य सामाग्रीहरु प्रशारण नै सञ्चारको धर्म भएको उल्लेख गर्दै समिक्षा र सञ्चार शिक्षाको आबस्यकतामा जोड दिनुभयो । सञ्चार माध्यम आफैले आफ्ना कार्यक्रमको समिक्षा, भाषामा शुद्धता ल्याउनु र सञ्चार शिक्षा अहिलेको आबस्यकता भएको उहाँको भनाई छ ।

अन्य बिभिन्न क्षेत्रका प्रतिनिधीहरुले रेडियोले समाज रुपान्तरणका लागि खेलेको भुमिका प्रति प्रशंसा गरेका छन् । लोकतान्त्रिक आन्दोलनको सफलता सँगै स्थापना भएको रेडियो मध्यपश्चिमले उठाएका बिषयबस्तु समुदाय केन्द्रीत भएको भन्दै अझै परिस्कृत गर्न सुझाब समेत दिएका छन् ।

समाजमा सचेतना जगाउदै शान्ति, बिकास र संबृद्धीमा सहयात्री बन्न आग्रह गरेका छन् । रेडियोले समायानुकुल समाबेशी ढंगबाट सबैको अधिकार स्थापित गर्दै समाज रुपान्तरणमा केन्द्र बन्न सुझाब दिएका छन् । राजनितिक परिबर्तन, अधिकार र जनताको न्यायका लागि रेडियोले आफ्नो जिम्मेवारी बनाउन सक्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष साबित्रा राना, नेकपा माओवादी केन्द्रका घोराही अध्यक्ष बिश्वराज आचार्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंह, घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेल, जिल्ला अध्यक्ष सबिन प्रियासन, सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, प्रदेश अध्यक्ष केपी घिमिरे, कार्यक्रम प्रस्तोता पद्मप्रसाद शर्मा, जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष गोबिन्दप्रसाद शर्मा, नागरिक समाजका संयोजक चन्द्रराज पन्तले बोल्नुभएको थियो ।

रेडियो सञ्चालक समितिका कोषाध्यक्ष शारदा शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुदर्शन रिजाल र सदस्य मधुसुदन बैद्यले गर्नुभएको थियो ।।

स्मारीका प्रकाशन, कर्मचारी समेत पुरस्कृत

रेडियो मध्यपश्चिमले १२ औँ स्थापना दिवसको अबसरमा स्मारीका प्रकाशन गरेको छ । रेडियोको ईतिहास देखी समाज रुपान्तरणमा खेलेका भुमिकाका बिषयहरु स्मारीकामा प्रकाशन गरिएको छ ।रेडियोको ईतिहासमा एउटा दस्ताबेज बनाउने गरि स्मारीका प्रकाशन गरिएको अध्यक्ष माधबप्रसाद शर्माले उल्लेख गर्नुभयो । एक सय १२ पृष्ठको स्मारीका रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको हो ।

यसैविच रेडियोले १२ औँ स्थापना दिवसको अबसरमा समाचार शाखाका सम्बाददाता प्रेमबहादुर राम्जालाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेको छ । त्यसैगरी, उत्कृष्ट कार्यक्रम प्रस्तोताका रुपमा तिर्थराज चौधरी र चन्द्रप्रकाश नेपालीलाई पनि पुरस्कृत गरिएको छ ।

रेडियोले उत्कृष्ट विज्ञापनदाताका रुपमा गोर्खा हस्पीटल र कालिका साईकल स्टोरलाई पनि सम्मान गरेको छ । साथै रेडियोको स्थापना दिवसका अबसरमा रक्तदान गर्ने १९ जनालाई प्रमाणपत्र प्रदान गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्