कर्णाली प्रदेश जुवातास र लागूऔषध मुक्त बनाउने अभियानमा



सैघाली खबर
सुर्खेत , १ जेठ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश जुवातास र लागूऔषध मुक्त बनाइने बताएका छन्। प्रदेशमा जुवातास खेल्ने र खेलाउने प्रवृतिको अन्त्य गर्दै मदिरा न्युनिकरण गरी लागूऔषध मुक्त बनाइने उनले बताएका हुन्। सोमबार गृह जिल्ला पुगेका मन्त्री भण्डारीले लागूऔषध मुक्त र मदिरा न्यूनिकरणका लागि माताहतका निकायलाई निर्देशन समेत दिइसकेको जानकारी दिए।

ुलागूऔषध प्रयोगले समाजमा विकृति र युवामा ठूलो समस्या बढ्दै गएको छ। त्यसैमा झन् जथाभावी मदिरा प्रयोगले घरेलु हिंसादेखि समाज कलंकित हुँदै गएको छ। त्यसैले प्रदेश सरकारले यसलाई अभियानको रुपमा लिनेछु उनले भने, ुयो अभियानमा गाउँस्तरबाटै सामाजिक सहयोगको आवश्यक छ। ु

जुम्ला प्रशासन र प्रहरीले जुवातास र लागूऔषध प्रतिबन्धका लागि गरेको कामको समेत उनले प्रशंसा गरेका छन्। जुवातास र लागूऔषध प्रतिबन्ध अभियानमा प्रहरी, प्रसाशनको भूमिकाले आफुलाई काम गर्न थप उर्जा मिलेको उनले बताए। अब सरकारका गतिविधि गाउँस्तरमा कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ।

ुकर्णाली प्रदेश सरकारले एक दर्जन कानुन अगाडि बढाएको छ, यसमा जनताको सुझाबलाई मुख्य आधार बनाइनेछ। जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुन पनि अगाडि बढिसकेको छ,उनले भने, ुकर्णाली प्रदेश डिजिटल प्रदेशको रुपमा अगाडि बढ्ने योजना तीव्र पारिएको छ। सुर्खेतबाट सुरु गरिएको साइरन जडान, जिपिएस प्रणालीसहित ४० बुँद्धे योजना कार्यान्वयनका लागि सरकार लागि परेकोसमेत उनले बताए।

उनले डिजिटल प्रविधिबाटै अब प्रहरीलाई अपराध अनुसन्धानमा समेत सजिलो हुने बताए।उनले राज्यले सरकारात्मक कदम चाले जनताको सहयोग हुने दावी गर्दै प्रदेश सरकारले थालेको यातायात सिण्डकेट प्रथाको अन्त्यको सुरुवात भएको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्