विद्यार्थी दिवसका अबसरमा रक्तदान



सैघाली खबर
दाङ, १ जेष्ठ । ५४औं बिद्यार्थी दिवसको अबसरमा अनेरास्ववियु दाङ्ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु दाङका उपाध्यक्ष सर्जन परियारको अध्यक्षता एंव अनेरास्ववियुदाङका पुर्ब सचिब चन्दन भण्डारीको प्रमुख आतिथ्यता तथा रक्तसन्चार सेवा केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुम बुढाथोकी,राप्ती शिक्षाका प्राध्यापक अम्बिका डागी,अनेरास्ववियु जिल्ला सदस्य राजन घर्ती मगर,कपिल बिसि ,गणेश खड्का राप्तीशिक्षाका अनेरास्ववियु कर्यबाहक अध्यक्ष निरन्जन पाठक,माउन्ट भिउका उपाध्यक्ष खुम बहादुरं ओलिको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सर्जन परियारले अब बिश्व बजारमा आबस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा प्रणालीको बिकाश गर्नु पर्ने र त्यही बाटोमा अनेरास्ववियु दाङ हिड्ने धारणा राख्नु भएको थियो ।

अनेरास्ववियु उपाध्यक्ष सर्जन परियार,सचिब बिराज डिसि लगायत १९ जनाले रक्तदान गर्नु भयको थियो ।

अनेरास्ववियु दाङले कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने बिद्यार्थीहरूलाई धन्यवाद दियको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिब बिराज डिसि ले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्