प्रदेश पाँचमा जप्रतिनिधिहरुको सेवा सुविधा निर्धारण



सैघाली खबर
बुटवल , १ जेठ ।  प्रदेश ५ का स्थानीय तहमा वडा सदस्यहरुलाई पनि पारिश्रमिक दिइने भएको छ । यसअघि वडा सदस्यको पारिश्रमिक नतोकेपछि विभिन्न जिल्लामा बिरोध भएको थियो । प्रदेश सरकारले पेश गरेको विधेयक परिमार्जन गरी विधायन समितिले सदस्यको पनि सुविधा थप गरेको छ ।

जसअनुसार अब नगरपालिकाका मेयरका लागि मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक, दुई हजार सञ्चार सुविधा, दुई हजार दैनिक भ्रमण भत्ता, एक हजार बैठक भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ६० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।

त्यस्तै, उपमेयरका लागि मासिक ३० हजार पारिश्रमिक, एक हजार बैठक भत्ता, एक हजार पाँच सय सञ्चार सुविधा, एक हजार आठ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ४० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।

वडाध्यक्षका लागि मासिक २५ हजार पारिश्रमिक, एक हजार बैठक भत्ता, सञ्चार सुविधा एक हजार, एक हजार ६ सय दैनिक भ्रमण भत्ता, १० लाख यात्रा बिमा तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ४० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, कार्यपालिकाका सदस्यका लागि मासिक १३ हजार, कार्यपालिका तथा सभाको बैठक भत्ता प्रतिदिन एक हजार, एक हजार सञ्चार सुविधा, एक हजार ६ सय दैनिक भ्रमण भत्ता, १० लाख यात्रा बिमा तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ४० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।

सभाका सदस्यहरूका लागि मासिक आठ हजार, सञ्चार सुविधा पाँच सय, बैठक भत्ता एक हजार, एक हजार पाँच सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ४० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।
उपमहानगरपालिकाका मेयरका लागि मासिक ४० हजार पारिश्रमिक, एक हजार बैठक भत्ता, ३ हजार सञ्चार सुविधा, २ हजार दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख रुपैयाँ तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ७५ अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।

उपमेयरका लागि मासिक ३५ हजार पारिश्रमिक, दुई हजार सञ्चार सुविधा, एक हजार आठ सय दैनिक भ्रमण भत्ता, १० लाख यात्रा बिमा, बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलर भत्ता उपलब्ध गराउने विधेयकमा उल्लेख छ ।

वडाध्यक्षका लागि मासिक २६ हजार पारिश्रमिक, एक हजार पाँच सय सञ्चार सुविधा, एक हजार ६ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख, बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

कार्यपालिकाका सदस्यका लागि मासिक १५ हजार पारिश्रमिक, एक हजार दुई सय सञ्चार सुविधा, एक हजार ६ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख, बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

सभाका सदस्यहरूका लागि मासिक सुविधा नौ हजार, सञ्चार सुविधा ६ सय, एक हजार पाँच सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलरमा भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।

जिल्ला समन्वय समितिका प्रमुखका लागि मासिक ४१ हजार पारिश्रमिक दिने प्रस्ताव छ । त्यसैगरी दुई हजार सञ्चार सुविधा, दुई हजार दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख, बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ७५ अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, उपप्रमुखका लागि मासिक ३६ हजार पारिश्रमिक, एक हजार पाँच सय सञ्चार सुविधा, एक हजार आठ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख, बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलर भत्ता दिने प्रस्ताव छ ।

जिल्ला समन्वय समितिको सदस्यका लागि मासिक सुविधा १६ हजार, एक हजार सञ्चार सुविधा, एक हजार ६ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख, बैठक भत्ता एक हजार तथा विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलर भत्ता दिने प्रस्ताव छ ।

त्यस्तै गाउँपालिकाका अध्यक्षका लागि मासिक ३० हजार पारिश्रमिक दिने प्रस्ताव छ । एक हजार पाँच सय सञ्चार सुविधा, प्रतिबैठक सात सय भत्ता, एक हजार आठ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख र विदेश भ्रमण गर्दा दैनिक एक सय ५० अमेरिकी डलर दिने प्रस्ताव छ ।

उपाध्यक्षका लागि मासिक २७ हजार पारिश्रमिक, एक हजार सञ्चार सुविधा, सात सय बैठक भत्ता, एक हजार ६ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक एक सय २५ अमेरिकी डलर भत्ता दिने प्रस्ताव छ ।

वडाध्यक्षका लागि मासिक २० हजार पारिश्रमिक, एक हजार सञ्चार सुविधा, बैठक भत्ता सात सय, एक हजार पाँच सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक १ सय २५ अमेरिकी डलर भत्ता उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै, कार्यपालिकाका सदस्यका लागि मासिक १२ हजार पारिश्रमिक, प्रतिबैठक भत्ता सात सय, एक हजार सञ्चार सुविधा, एक हजार ५ सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक एक सय २५ अमेरिकी डलर भत्ता दिने प्रस्ताव छ ।

सभाका सदस्यहरूका लागि मासिक सात हजार, सात सय बैठक भत्ता, एक हजार पाँच सय दैनिक भ्रमण भत्ता, यात्रा बिमा १० लाख तथा विदेश भ्रमण गर्दा दैनिक एक सय २५ अमेरिकी डलर भत्ता उपलब्ध गराउने प्रस्ताव छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्